काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को चौथो संस्करण आगामी २० भदौदेखि सुरु हुने भएको छ ।
यसपटक प्रतियोगिता पहिलोपटक होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिनेछ भने टोली संख्या पनि बढाएर १० देखि १२ पुर्याइने आयोजकले जनाएको छ ।
एनएसएलको पहिलो संस्करण काठमाडौं रेन्जर्सले जितेको थियो । त्यसपछिका दुई संस्करणमा ललितपुर सिटी च्याम्पियन बनेको थियो ।
यसअघि प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मात्र हुँदै आएको थियो । नेपालमा पहिलोपटक होम एन्ड अवेका आधारमा लिग हुन लागेको हो ।