काठमाडौं । सुकुम्बासीलाई भरपर्दो व्यवस्था नगरी बास भत्काएर मासिक १५ हजार दिने सरकार निर्णयप्रति नेकपा (एमाले)का सांसद गुरु बरालले प्रश्न गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारको सो निर्णय अमानवीय रहेको बताए ।
उनले पाँच जना सदस्य भएको परिवारलाई जेठ, असार र साउनसम्म प्रतिमहिनाका लागि १५००० दिने निर्णयले एक जनालाई दिनको १०० रुपैयाँ हुने बताए ।