काठमाडौं । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ।
यातायात व्यवस्था विभागले सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधनसहित सबै सवारी साधानको नयाँ दर्ता रोक्न निर्देशन दिएको छ ।
विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) बमोजिम यो निर्णय गरेको जनाएको छ ।
