एमाले सचिवालय बैठक आज बस्ने, नेताहरुको कार्यविभाजन हुने
कर्पोरट खबर
6:53 am, शुक्रबार, जेठ ८, २०८३
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।
- बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिनेछ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । बैठकमा नेताहरुको कार्यविभाजन हुने उनले बताए ।
गत मङ्सिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको थिएन ।