काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिष लाल प्रधान निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्यको ५६ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी राम चन्द्र संघईले ३० मत पाए ।
यसतै, कोषाध्यक्षमा मनिष लाल प्रधानको ६१ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले २५ मत प्राप्त गरेका छन् ।
