काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को नयाँ दिल्लीस्थित मुख्यालय पुगेका छन् ।
त्यहाँ उनलाई पुष्पवृष्टीसहित भव्य स्वागत गरियो । भाजपाका अध्यक्ष नितिन नविनले सभापति लामिछानेलाई फुलको गुच्छा दिएर स्वागत गरेका थिए ।
लामिछाने र नविनबीच भेटवार्ताको कार्यक्रम रहेको छ । लामिछाने भाजपा कार्यालय पुग्दा बाजागाजा बजाएर नाचगानसमेत गरिएको थियो ।
नर्तकीहरुले सांस्कृतिक नृत्य देखाएका थिए । भाजतपा कार्यालयमा नेपाली समूदायका व्यक्तिहरु पनि पुगेका छन् । उनीहरुले रविलाई खादा लगाएर सम्मान गरेका थिए ।
