काठमाडौं । मेरिको लिमिटेड अन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोनले नेपालका लागि अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
कम्पनीले जेठ २० गते जारी गरेको विज्ञप्तिअनुसार स्वस्तिमाको आत्मविश्वासी व्यक्तित्व, स्वाभाविक आकर्षण तथा युवा पुस्तामाझको लोकप्रियताले उनलाई लिभोनको ब्रान्ड पहिचानसँग उपयुक्त रूपमा जोडेको जनाएको छ। अब उनी लिभोनको नयाँ टेलिभिजन विज्ञापन (टिभीसी) मार्फत ब्रान्डको सन्देश र ऊर्जा प्रस्तुत गर्नेछिन्।
लिभोनको नयाँ अभियान ’लिभोन इट’’ अवधारणामा आधारित रहेको छ। उक्त अभियानले काम, यात्रा र सामाजिक जीवनमा सक्रिय रहने महिलाहरूको आत्मविश्वासपूर्ण जीवनशैलीलाई चित्रण गरेको कम्पनीले जनाएको छ। विज्ञापनले निरन्तर अघि बढ्ने, चुनौती सामना गर्ने र सकारात्मक सोचका साथ जीवन जिउने महिलाहरूको भावना उजागर गर्ने लक्ष्य राखेको छ।
नयाँ विज्ञापनमा युवा पुस्तामाझ चर्चित गायिका जेनी योन्जनको स्वर पनि समावेश गरिएको छ, जसले अभियानलाई थप जीवन्त बनाएको कम्पनीको भनाइ छ।
लिभोनले लामो समयदेखि महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने तथा उनीहरूलाई आफ्नो व्यक्तित्वप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यका साथ विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार राम्रो कपाललाई केवल सौन्दर्यको प्रतीकका रूपमा नभई आत्मविश्वास र आत्मअभिव्यक्तिको माध्यमका रूपमा प्रस्तुत गर्ने ब्रान्ड दर्शनलाई स्वस्तिमाले प्रभावकारी रूपमा प्रतिनिधित्व गर्नेछिन्।

कम्पनीले यस सहकार्यलाई नेपालमा लिभोनका लागि नयाँ अध्यायको सुरुवातका रूपमा व्याख्या गर्दै स्वस्तिमाको सहभागिताले उपभोक्तासँगको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेको छ। साथै, देशभरका महिलाहरूलाई आफ्नो शैली र आत्मविश्वासलाई अझ सशक्त रूपमा प्रस्तुत गर्न प्रेरित गर्ने अपेक्षा पनि लिभोनले राखेको छ।
