काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल भएको बताएका छन् ।
‘सरकार जनअपेक्षाविपरीत र जनविरोधी ढङ्गले अघि बढिरहेको, प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि निरन्तर प्रश्न उठिरहेको तथा परिपक्व नेतृत्वभन्दा बालापन झल्किने शैली देखिएको अवस्थामा राजनीतिक दलहरूबिच संवाद, सहकार्य र सहमति अझ आवश्यक बनेको छ’, सचिव बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा सोमबार लेखेका छन् ।