काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था खारेज भएको छ ।
योसँगै विधान संशोधन गर्न माग राखेका पक्षधरहरूको जित भएको छ ।
इप्पानको बैठकले संस्थाको विधान २०७८ लाई संशोधन गर्दै ‘वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने’ साविकको व्यवस्थालाई खारेज गर्ने निर्णय गरेको हो ।
