काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले बिजुली उत्पादन गरेर मात्र नहुने बताउँदै खपतका योजना पनि अघि सानुपर्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले विद्युत् खपत बढाउनका लागि उत्पादनमुलक उद्योगको आवश्यक रहेको बताएका हुन् । ‘आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य लिएको छ । खपत बढाउन उत्पादन मुलक उद्योगको आवश्यकता छ,’ उनले भने
विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई खुला गर्ने विषय स्वागत योग्य रहेको पनि पाण्डेले बताए । यस्तै बजेटमा आएको नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्न ढिला गर्नु नहुने बताए ।
