काठमाडौं । जोर्डन फिफा विश्वकपको दोस्रो खेलमा पनि पराजित भएको छ । मंगलबार बिहान अमेरिकामा भएको अल्जेरियासँगको खेलमा जोर्डन २–१ गोलले पराजित भएको हो ।
पहिलो हाफमा १ गोल गरेर सुरुवाती अग्रता कायम गरेको जोर्डनले दोस्रो हाफमा २ गोल खाएर पराजित भएको हो । पहिलो हाफमा जोर्डनका निजार अल–रशदानले गोल गरेका थिए । दोस्रो हाफमा जोर्डनले गोल गर्न सकेन ।
पहिलो हाफमा १ गोलले पछिपरेको अल्जेरियाले दोस्रो हाफमा २ गोल गर्यो । अल्जेरियाका नाधिर बेनबुआलीले ६९औँ मिनेटमा र अमाइन गौइरीले ८२औँ मिनेटमा गोल गरे ।
जारी विश्वकपमा अल्जेरियाको यो पहिलो जित हो भने जोर्डनको लगातार दोस्रो हार ।