काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी प्रथम महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।
केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्बजनिक गर्दै मनोनयन दर्ताको प्रक्रिया आजै शुरु गर्ने जानकारी दिएको छ ।
जस अनुसार महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली साँझ ५ बजेसम्म सार्बजनिक गरिएको जनाएको छ । त्यसैगरी आज साँझ ७ बजेदेखि ७: ३० बजेसम्म सभापति पदको मनोनयन दर्ताको समय तोकिएको छ । त्यस्तै केन्द्रीय सदस्यको मनोनयन दर्ता आजै साढे ७ बजेदेखि साढे ९ बजेसम्मका लागि तोकिएको छ ।
आजै राति १० बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्बजनिक गर्ने कार्यतालिका छन् भने दावी विरोध साढे १० बजेसम्म र उम्मेदवारी फिर्ता लिने समय राति सवा ११ बजेसम्म सार्बजनिक गर्ने आयोगले जनाएको छ ।

त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११; ४५ बजेका लागि तोकिएको छ । साथै त्यसपछि मौन अवधि शुरु हुने जानकारी दिइएको छ ।
सभापति र केन्द्रीय सदस्यको लागि मतदान बुधबार बिहान हुने र मतगणना मतदान सम्पन्न भएको २ घटनामा हुने आयोगले जनाएको छ ।
दोस्रो चरणमा हुने पदाधिकारीको निर्वाचनको कार्यतालिका त्यसपछि प्रकाशित गरिने आयोगले जनाएको छ ।