काठमाडौं । व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको राहदानी रोक्का गरेको हो । सम्पत्ति शुद्धीकरणको उजुरीमा अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर उनको पासपोर्ट रोक्का गरेको स्रोतको भनाइ छ ।
अनुसन्धान चलिरहेका बेला विदेश जान नपाउन भनेर पासपोर्ट रोक्का गरेको जनाइएको छ । सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा रकम भित्र्याएको आरोप छ ।