काठमाडौं । लगातार सात कारोबार घटेको सेयर बजारमा बुधबार भने बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार ४४.५९ अंक घटेको हो । यससँगै बजार बढेर २६५२.९३ विन्दुमा उक्लिएको छ ।
बजार बढ्दा २५२ कम्पनीको सेयर मूल्य बढेको छ । १७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
यसदिन तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर ५६ हजार ८५० पटकमा किनबेच भएको छ ।
स्नो रिर्भस कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । सीवाईसी नेपाल लघुवित्त, भुजुङ हाइड्रो, कुथेली बुखरी स्मल हाइड्रो, मिड सोलु हाइड्रो उच्च कारोबार गर्ने शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ १३ वटै समूह बढेका छन् । व्यापार, उत्पादन तथा प्रशोधन, जलविद्युत्, निर्जीवन बिमा समूह दुई प्रतिशतभन्दा बढीले बढेको छ ।