काठमाडौं । बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.७८ अंकले बढेर २६६१.७१ बिन्दुमा पुगेको छ।
आज नेप्सेमा १ सय ८ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ सय ५९ कम्पनीको ८९ लाख ६४ हजार २ सय २३ कित्ता सेयर ४३ हजार १ सय ३१ पटक किनबेच भएको छ।
कारोबार ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७ सय रुपैयाँमा सिमित भएको छ ।
आज स्नो रिभर्स लिमिटेड, कालंगा हाइड्रो लिमिटेड, सानीगाड हाइड्रो लिमिटेड र अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। १० प्रतिशत एनआइसी एशिया डिबेन्चर २०८५/८६ को सेयरमूल्य १०.६० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंक लिमिटेडको ४१ करोड ३२ लाख रुपैयाँ र १० प्रतिशत एनआइसी एशिया डिबेन्चर २०८५/८६ को ४० करोड ७७ लाख रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ। ८ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा धेरै २.०४ प्रतिशतले बढेको छ।
त्यस्तै फाइनान्स ०.२८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढे । विकास बैंक ०.११, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.२६, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.८६, निर्जीवन बीमा ०.३४, अन्य ०.२० तथा व्यापार ०.५० प्रतिशत घटेको छ।