काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले युवालाई विदेश पलायनभन्दा स्वदेशमै बसेर उद्यम गर्न आग्रह गरेका छन् ।
सोफा हब काठमाडौं प्रालिको छैटौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले युवालाई स्वदेशमै अवसर सिर्जना गर्दै उद्यमशीलताको बाटो रोज्न आग्रह गरेका हुन् ।
अग्रवालले उद्योग तथा व्यापारको दिगो विकासका निम्ति नीतिगत स्थिरता, लगानीमैत्री वातावरण तथा सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । चेम्बरले निजी क्षेत्रका समस्या समाधान, स्वदेशी उद्योगको प्रवद्र्धन, स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न निरन्तर पहल गरिरहेको उनले जानकारी दिए ।
उनले बजेट तथा मौद्रिक नीतिसम्बन्धी सुझाव सरकारसमक्ष प्रस्तुत गरिएको र हालै प्रधानमन्त्रीसँगको भेटमा निजी क्षेत्रका समस्या, नीतिगत सुधार तथा आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको बताए ।
उनले ‘मेड इन नेपाल’ उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने दिशामा सोफा हब अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा कम्पनीका अध्यक्ष तारालाल धरेलले कर्मचारी, ग्राहक तथा शुभेच्छुकको निरन्तर साथ र विश्वासकै कारण सोफा हब छोटो समयमै स्थापित ब्रान्ड बन्न सफल भएको बताए ।
सोफा हबको विस्तार तीव्र, जनकपुरमा १२औँ शाखा र दाङमा विस्तारको तयारी