अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, अन्य सूचक कस्ता छन् ?
कर्पोरट खबर
1:12 pm, सोमबार, साउन २५, २०८३
- अप्पर सोलु हाइड्रोले गत आर्थिक वर्षको चौथो त्रैमासमा २० करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८४.४१ प्रतिशतले बढी हो।
- विद्युत बिक्री आम्दानी १.९७ प्रतिशत मात्र बढे पनि वित्तीय खर्च २९.५८ प्रतिशत घटेकाले नाफा उल्लेख्य बढेको हो।
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म २० करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.४१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। विद्युत बिक्री आम्दानी सामान्य बढेपनि वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढेको छ।
असार मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी १.९७ प्रतिशत बढेर ७३ करोड ८२ लाख ८६ हजार रुपैयाँभन्दा माथि पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ७२ करोड ४० लाख ५३ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।
यसैगरी, कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २९.५८ प्रतिशत घटेर १९ करोड ९८ लाख ९७ हजार रुपैयाँ कायम भएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७ पैसा बढेर १५ रुपैयाँ ४६ पैसा पुगेको छ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.६२ गुणा रहेको छ।
१ अर्ब ३५ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी २५ करोड ६७ लाख रुपैयाँ रहेको छ।