काठमाडौं, भदौ २४ – गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एकजनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका १ का ६४ वर्षीय पुरुषको हिजो साँझ साढे ५ बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
निजको केही समयदेखि मिर्गौलाले काम नगरेका कारण डाइलासिस भइरहेको र यही भदौ १९ गते कोभिड-१९ सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्या भई अवस्था जटिल बन्दै गएपछि उनलाई सघन उपचार कक्षमा सारिएको थियो । हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।
FACEBOOK COMMENTS