काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ नेपाल सरकारलाई १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक सशिकान्त अग्रवालले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन् ।
गोल्याण ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रमुख धागो उत्पादक कम्पनी हो । कम्पनीले सुनसरीको दुहबी र खनारस्थित उद्योगबाट धागो उत्पादन गर्दै आएको छ । प्राकृतिक विपत्तिको बेला नागरिक र सरकारलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत यो रकम सहयोग गरिएको कम्पनीले जनाएको छ ।
भदौ १० गते भोटेकोशी नदी बेसिनमा गएको बाढीले रसुवा, नुवाकोट, चितवन, गोरखा लगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको छ। सोमबारसम्म ९ सय ३ जनाको शव भेटिएको छ भने अझै करिब ४ हजार बेपत्ता छ्न ।