पोखरा । पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष पदमा युवा उद्धमी सौगात थापाको जीत सुनिश्चि भएको छ ।
२००० मत गन्दा उनले १११९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ललितबहादुर कुँवरले ८६६ मत पाएका छन् ।
प्राप्त मत अनुसार थापा २५३ मतले अगाडि रहेका छन् । थापा गण्डकी प्रदेशका पूर्वमन्त्री बिन्दुकुमार थापाका छोरा हुन् ।