काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ।
बिहीबार नेप्से ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा दिनको कारोबार बन्द भएको छ।
१ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर किन बेच हुँदा ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ३३९ कम्पनीको सेयर ५१ हजार ७२८ पटक किनबेच भएको छ।
लगानी र अन्य उपसमूह बाहेर सबै उपसमूह बढेका छन्। लगानी उपसमूह ०.१८ अंक र अन्य उपसमूह ०.८१ अंकले घटेको छ। लाइफ इन्स्योरेन्स उपसमूह १२५.९२ अंकले बढेको छ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै १२.४३ प्रतिशतले बढेको छ। बुधबार १११० रुपैयाँमा कारोबार बन्द भएको लघुवित्तको सेयर मूल्य आज १२४८ रुपैयाँ पुगेको छ।

हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य २.९७ प्रतिशतले घटेको छ। कम्पनीको सेयर मूल्य १८ रुपैयाँले घटेर ५८८ रुपैयाँमा झरेको छ।