काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी भएको छ ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गाडीमा आगलागी भएको हो ।
ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी भएको हो ।
गाडीमा लागेको आगोले आसपासका बिजुलीका तार पनि जलेको छ ।
बसमा आगो लागेपछि त्रिपुरेश्वरबाट कालिमाटीतर्फ जाने सडकमा सवारी आवतजावत रोकिएको छ ।
