काठमाडौं । त्रिपुरेश्वरस्थित बस बिसौनीमा रोकिएको ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा घाइते भएका चालकको अवस्था गम्भीर भएपछि उपचारका निम्ति कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।
गाडीका चालक काभ्रे, पनौतीका २५ वर्षीय दावा लामा हुन् । रोकिराखेको उक्त गाडीमा यात्रु भने नरहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर, भद्रकालीका डीएसपी राजेश थापाका अनुसार आगलागीमा परेलगत्तै प्रहरीले उनको उद्धार गर्यो, तर त्यही बेला उनी अचेत भइसकेका थिए ।
उनले आफैँले गाडीमा आगो लगाएको अनुमान गरिएको छ । यद्यपि, पुष्टि हुन नसकेको डीएसपी थापाले बताए ।