काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा तीन जनासहित उम्मेदवारी दर्ताको समय सकिएको छ । साँझ ७ बजेसम्म तोकिएको समयमा सभापति पदमा गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने उनी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेपछि उनी पनि निर्विरोध निर्वाचित भएकी छन्।
त्यस्तै, खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन् । त्यसैगरी समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरूङ र रन्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायको उम्मेदवारी परेको छ भने महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दिएका छन् ।
सहमहामन्त्रीमा खसआर्यतर्फ एक पदका लागि तीनजनाले मानोनयन दर्ता गराएका छन् । खसआर्यबाट सहमहामन्त्रीमा जगदिशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतले मनोनयन दर्ता गराएका छन् । आदिवासी जनजातिबाट सहमहामन्त्रीमा बहादुरसिंह लामा र तारामान गुरुङले मनोनयन दर्ता गराएका छन् भने मधेसीबाट सहमहामन्त्रीमा महेन्द्र यादव, अजय चौरासिया, नागिना यादव, किरण यादव, अभिसेक प्रताप साह, रामपल्टन साह, मनिष कुमार मिश्र र मुक्तकुमारी यादवले मनोनयन दर्ता गराएका छन् । दलिततर्फ सहमहामन्त्रीका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपालीले मनोनयन दर्ता गराएका छन् ।

थारुबाट सहमहामन्त्रीको एक पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले मनोनयन दर्ता गराएका छन् भने अल्पसंख्यक/अपांगताबाट नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पाले मनोनयन दर्ता गराएका छन् भने मुस्लिमबाट एक सहमहामन्त्रीका लागि फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमानले मनोनयन दर्ता गराएका छन् । खुला सहमहामन्त्रीतर्फ अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

पिछडिएको क्षेत्रतर्फ एक पदका लागि कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टले मनोनयन दर्ता गराएका छन् भने सहमहामन्त्री महिलामा नानु बस्तोला र प्रतिमा गौतमले मनोनयन दर्ता गराएका छन् ।