काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदको खुला तर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन् ।
दुई जना सहमहामन्त्री निर्वाचित हुने खुला समूहअन्तर्गत ५८४ मत गणना हुँदा खतिवडाले २८९ मत प्राप्त गरेका छन् । डिल्लीराम सुवेदी १८७ मतसहित दोस्रो स्थानमा छन् भने अजयबाबु शिवाकोटीले १७४ मत प्राप्त गरेका छन् ।
हालसम्मको मतपरिणामअनुसार अन्य उम्मेदवारमध्ये देवेन्द्रराज कँडेलले १०९, विकास कोइरालाले १०५, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७७, अमृतकुमार अर्यालले ३२ र विमलराज क्षेत्रीले २१ मत प्राप्त गरेका छन् ।
खुला तर्फबाट दुई जना सहमहामन्त्री निर्वाचित हुने भएकाले मतगणनाको पछिल्लो परिणामले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।