काठमाण्डौ– विदेशी लगानीकर्ताका फाईल उद्योग विभागबाट केहि समय लगाएर पास भए पनि राष्ट्रबैकमा गएर रोकिने गरेको छ ।
नेपालमा विदेशी लगानी किन भित्राउन सकिएन भनी बारम्बार छलफलमा पक्रिया झन्झट देखीए पनि त्यसलाई सुल्झाउन सरकारले ध्यान दिएको छैन ।
नेपाल राष्ट्र बैंकमा जाने लगानीका फाइल पास हुन १ वर्ष सम्म लाग्ने गरेको व्यवसायीको गुनासो छ ।
उद्योेग विभागका कर्मचारीले राष्ट्र बैंकले ससाना कुरामा पनि फाईल फिर्ता पठाउने गरेको बताउँछन् ।
उद्योग विभागले उद्योग स्थापना हुने ठाउँ सिमानाको नजिक भएमा, राष्ट्रिय निकुञ्जको नजिक भएमा, रामसार वा सिमसार क्षेत्रको नजिक भएमा र विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक, धार्मिक तथा सास्कृतिक महत्वका क्षेत्र नजिक भएमा दुई तीन वटा निकायबाट प्रमाणीत गर्नुपर्दा लामो समय लगाउने गर्छ। अन्य सामान्य अवस्थामा एकदेखि दुई महिनाभित्र उद्योग दर्ताका सम्पूर्ण प्रकृया पूरा गर्ने गरेको विभागको दावी छ।
स्वदेशी लगानीका उद्योगलाई सिमाना वा अन्य क्षेत्रको नजिक परेको भनी दुई तीन वटा निकायबाट प्रमाणित गराउन लामो समय खर्चनु पर्छ।
विदेशी लगानीका उद्योग भए माथिका सबै प्रकृया त पुरा गर्नै पर्छ, राष्ट्र बैंकको प्रकृयाले गर्दा झनै लम्बिने गरेको छ।
उद्योग विभागमा भने वन र वातावरणसँग सम्बन्धित मुद्दामा धेरै समय लाग्ने गरेको छ।
राष्ट्र बैंकमा अहिले करिव ५०० हारहारी उद्योगको लगानीका फाइल अड्किएको बताइएको छ ।
राष्ट्र बैंकले भने बढिमा १ महिनामा विदेशी लगानीको फाइल स्वीकृत गर्ने गरेको जनाएको छ।
FACEBOOK COMMENTS