काठमाडौं । लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । भट्ट शनिबार राति पक्राउ परेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको बताइएको छ । स्रोतका अनुसार इनाम सापकोटासँगको कारोबार तथा कनेक्सन जोडिएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग जोडिएका इनम सापकोटाको बयानका आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।
स्रोतका अनुसार नख्खु कारागारमा रहेका दीपकसँग सापकोटाको टेलिफोन सम्पर्क समेत भएको देखिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो ।
