काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विगतको दसैँ सम्झिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पुरानो तस्बिर सेयर गर्दै स्वर्गीय पिताबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेको क्षण स्मरण गरेका हुन्।
भट्टराईले यस वर्षको विजया दशमीमा स्वर्गीय पिताबाट विगतमा ग्रहण गरेको टीका, जमरा र आशीर्वाद सम्झिएर चित्त बुझाउनुपरेको उल्लेख गरेका छन्।
उनले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामनासमेत दिएका छन्।