काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
काठमाडौंबाहिर धार्मिक यात्रामा रहेका उनलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको कांग्रेस मिडिया सेन्टरले जनाएको छ ।
उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् । आफूलाई प्रहरी लगाएर खोज्नु नपर्ने भन्दै उनले काठमाडौं आउँदै गरेको उल्लेख गरेका छन् ।
बिहीबार (कात्तिक १९) बिहान सहमहामन्त्री शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु ।”
शिवाकोटीले सरकारले विधिविधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै सामाजिक सञ्जालमार्फत नै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन् ।
