पाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौ गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा काठमाडौका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो।
एनपीएलमा अहिलेसम्म काठमाडौले सुदूरपश्चिमलाई हराउन सकेको छैन। पहिलो सिजन ७३ तथा दोस्रो सिजन २९ रनले सुदूरपश्चिमले खेल जितेको थियो।
लिग चरणमा सुदूरपश्चिम अन्तिम खेल खेल्न लागेको हो। ६ मध्ये ४ खेलमा जित र २ खेलमा हार व्यहोरेको सुदूरपश्चिम ८ अंकमा तालिकाको तेस्रो स्थानमा छ।
सुदूरपश्चिमभन्दा १ खेल कम खेलेको काठमाडौ गोर्खाज ४ खेलमा जित र एक खेलमा हार भोग्दै ८ अंकमा दोस्रो स्थानमा छ।

सुदूरपश्चिम र काठमाडौले आजको खेलमा २ खेलाडी परिवर्तन गरेको छ। सुदूरपश्चिमले सैफ जैव र अविना बोहोराको स्थानमा दिपक बोहोरालाई ल्याएको छ। सुदूरपश्चिमले फाबियनलाई डेब्यु दिएको छ। उनले सैफ जैबको स्थान लिनेछन्। काठमाडौले डेविड वार्नर र विलियम बसिस्टोको स्थानमा हेजलेट र होमान्थालाई ल्याएको छ।
