काठमाडौं । सेयरबजारमा शुक्रबार ७ अंकको गिरावट आएको छ।
नेप्से ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा रोकिएको हो। यस दिन कुल ३ अर्ब ८८ करोडको कारोबार भएको छ।
यो कारोबारमा ८९ वटा सेयरको मूल्य बढे पनि १८१ वटाको घटेको छ। ९ वटाको भने स्थिर छ। यस दिन सेयरहरु ५.१५ प्रतिशतसम्म बढ्दा ८.५० प्रतिशतसम्म घटेका छन्।
शुक्रबार ग्लोबल आईएमई बैंकको सर्वाधिक २० करोडको कारोबार भए पनि बाँकीको १४ करोडसम्म मात्र छ।
नेप्सेका अनुसार यस दिन वाणिज्य बैंक, सामूहिक लगानी कोष मात्र बढेका छन्। बाँकी समूह राताम्य छन्।
