काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । आइतबार (मंसिर ६) सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।