काठमाडौं, असोज १३ – गुराँस लाइफ इन्सुरेन्सको सेयर लिलामीमा बिक्री खुला भएको छ । आज (१३ गते) बाट ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी खुला भएको हो । कम्पनीले संस्थापक समूहको ३ लाख ३७ हजार ५ सय ६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४ सय ४९ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम १० अंकले भाग जाने संख्यामा वा बिमा समितिले तोकेको प्रतिव्यक्ति सीमाको अधिनमा रहने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ ।
आवेदन दिने अन्तिम म्याद असोज १९ गतेसम्म रहेको छ । यसअघि कम्पनीले २०७७ असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । उक्त समयमा अवेदन नपरेको सेयर लिलामीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।
FACEBOOK COMMENTS