काठमाण्डौँ — युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सञ्चालन हुने तालिममा चरम अनियमितता भएको भेटिएको छ ।
प्रधानमन्त्रीमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा कोषको २७ करोड ६२ लाख १४ हजार सात सय रुपैयाँ अनियमित रूपमा खर्च भएको पाइएको हो ।
‘नेपाल उद्योग वाणिज्य महासंघलाई तालिम तथा प्रशिक्षणका नाममा ४४ लाख ४७ हजार एक सय रुपैयाँ तथा महासंघ र मातहतका ९१ संस्थालाई २७ करोड १७ लाख ६७ हजार ६ सय रुपैयाँ गैरकानुनी रूपमा दिएको देखिन्छ ।
ठूलो रकम अनियमितता भेटिएपछि थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन पठाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS