काठमाण्डौं– चीनको युनान प्रन्तमा चाईना इन्टरनेश्नल एक्सपोमा दक्षिण एशियालि समानको प्रदर्शन हुने भएको छ ।
कुमिङ शहरको भ्रमणमा रहेका सार्क उद्योग वाणिज्य संघको उपाध्यक्ष चण्डीराज ढकालले युनान मेट्रोपोलिटियन कन्ट्रसन इन्भेस्मेन्ट (वाईएमसिआई) संग एमओयुमा हस्ताक्षर गरेका छन् ।
उक्त समारोहमा चीन स्थित नेपाली राजदुत लिलामणि पौडेलको पनि सहभागिता रहेको थियो ।
उक्त सम्झौता पत्रमा वाईएमसिआइले दक्षिण एशियामा उत्पादित समान विक्री वितरण गर्ने जनाईएको छ ।
वाईएमसिआइले कामको प्रगति, मार्केटिङ गतिविधीको तथा विक्री वितरणको बारेमा सार्क चेम्बरलाई जानकारी गराउने पत्रमा उल्लेख छ ।
सम्झौता पश्चात नेपाल लगाएत दक्षिण एशियाली समानको मार्केटिङको लागि फाईदा हुने चण्डीराज ढकालले जनाएका छन् ।
त्यस्तै हाम्रो संस्कृति , पर्यटन , कृषि, हाड्रो लगएतका क्षेत्रमा चिनिया चिनियाँ लगानि कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताए ।
उक्त अवसरमा दक्षिण एशियाली युवा जनशक्तिको परिचालन गरि चाईनाको टेक्नोलोजी संग कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको बताएका छन्
FACEBOOK COMMENTS