काठमाडौं, पौष ६ – बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि.,बुटवलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम २०% सम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठज्यू र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरे । बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS