काठमाडाैं, पुस २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा दिएको अधिव्यक्तिप्रति प्रचण्ड–माधव समूहका नेता भीम रावलले जवाफ फर्काएका छन्।
राजधानीमा आज अछाम–काठमाडाैं सम्पर्क मञ्चले गरेको नेकपा बृहत् कार्यकर्ता भेलामा उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा सामन्तलाई भेट्ने, नेकपाको चुनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर १ को हो भने केपी शर्मा ओली हो।’
प्रधानमन्त्रीको शयन कक्ष नजिकै पार्टीको स्थायी कमिटीमा उनी नआएको प्रसंग झिक्दै नेता रावलले ओली नै भगाैडा भएका बताएका थिए। स्थायी कमिटी बैठकमा नआएर दुईपन्ने पत्र पठाएर प्रधानमन्त्री ओली नआएका उनले बताए।
आज कैलालीको धनगढीमा भएको आफ्नो पक्षको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधव नेपाललाई पार्टी छाडेर भागेको बताएका थिए।
FACEBOOK COMMENTS