काठमाडौं, २३ माघ – टी–१० लिगमा नेपाली क्रिकेटर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका छन् । सोमपालले बिहीबार मराठा अरेबियन्सका लागि लगातार छैटौँ खेलमा डेक्कन ग्लाडिएटर्सविरुद्ध २ विकेट लिएका छन् ।
२ ओभर बलिङ गर्दै जम्मा १२ रन खर्चेर २ विकेट लिएका सोमपालले आफ्नो पहिलो ओभरमै २ रन मात्र खर्चेर २ विकेट लिएका थिए ।
ग्लाडिएटर्सका प्रशान्त गुप्ता र यासिम कलिमको ६४ रनको साझेदारी तोड्दै दुवैको विकेट लिएका सोमपालले छैटौँ ओभरको चौथो बलमा प्रशान्तलाई मोसादेक हुसेनबाट क्याचआउट गराएका थिए । सोमपालले सोही ओभरको छैटौँ बलमा यासिर कलिमलाई अलिसान सारुफुबाट क्याचआउट गराए ।
दोस्रो ओभरमा १० रन खर्चिएका सोमपालको बलमा डेक्कनका अनवर अलीले लगातार दुई चौका प्रहार गरेका थिए । सोमपालले टी–१० लिगमा ६ खेल खेल्दै ३ विकेट लिएका छन् । यसअघि लगातार ५ खेल खेलेका सोमपालले जम्मा १ विकेट मात्र लिएका थिए ।
FACEBOOK COMMENTS