काठमाडौं – मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता हुने भएको छ ।
महानगरपालिका र ललिपुर महानगरपालकाले चाइना रेलवे २५ औं ब्युरो ग्रुप कम्पनी लिमिटेडलाई डीपीआर तयार पार्ने जिम्मा दिन लागिएको हो ।
चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।
सीआरसीसीले मोनोरेल निर्माणका लागि लागि काठमाडौं महानगर र ललितपुर महानगरसँग सम्झौता गरेको थियो । नी हो ।
प्ररम्भिक प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्छ र त्यसको ३ वर्षपछि मोनोरेल बनाइसकिन्छ ।
चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
FACEBOOK COMMENTS