पोखरा, चैत १७ – पोखरा महानगरपालिकाले नगरवासीलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ । पोखराको आकासमा गत शुक्रबारदेखि वायु प्रदूषणले तुवाँलो लागेपछि त्यसले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भएकाले अत्यावस्यक काम वाहेक घर बाहिर ननिस्कन महानगरले अनुरोध गरेको हो ।
पछिल्लो समय पोखरासहित देशभर बढेको वायु प्रदुषण बढेकाले यसले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेपछि महानगरको स्वास्थ्य महाशाखाले सूचना जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको हो ।
प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्याको साथै दीर्घकालीन रुपमा मुटु र फोक्सोको समस्या बढ्ने, वायु प्रणालीमा असर पर्ने, बालबालिकाको वृद्धि विकासमा असर गर्ने र क्यान्सरको समस्या समेत आउन सक्छ,त्यसैले प्रदूषणबाट बच्न सावधानी अपनाऔँ ।’,महाशाखाद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।
देशभर देखिएको वायु प्रदुषण र तुवाँलोले तत्कालीन र दीर्घकालिन असर पार्न सक्ने भएकाले सावधानी अपनाउँदै घर बाहिर अनावश्यक ननिस्कन महानगरले आग्रह गरेको हो ।
मास्कको प्रयोग अनिवार्य गर्न,सकेसम्म गाडीको कम प्रयोग गर्न, प्रदुषण हुने वैकल्पिक साधनको प्रयोग गर्न, जथाभावी रुपमा आगो बाल्ने, फोहोर जलाउने, डढेलो लगाउने जस्ता कार्य नगर्न,वैकल्पिक उर्जाको प्रयोग गर्न महानगरले सुझाव दिएको छ ।
FACEBOOK COMMENTS