काठमाडौं, वैशाख २२ – लुम्बिनी प्रादेशिक अस्पताल संचालन गरेको कोरोना विशेष अस्पतालमा एकैरातमा ४ जना उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका अनुसार बैशाख १५ गते भर्ना भएका बुटवल १२ का ४७ वर्षिय पुरुषको बिहिबार राती १० बजे मृत्यु भएको थियो भने आज बिहानै १ घण्टाकाबीचमा ३ जनाको मृत्यु भएको छ ।१९ गते अस्पताल भर्ना भएकी कञ्चन गाँउपालिका ४ की २७ वर्षिया महिलाको बिहान ५ः४५ बजे मृत्यु भएको छ भने १८ गते भर्ना भएकी बुटवल ९ की ५४ वर्षिया महिलाको बिहान ६ः२५मा मृत्यु भएको छ ।
त्यसैगरि बिहिबार भर्ना भएकी तिलोत्तमा ४ की ४० वर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS