काठमाडौं, जेठ २५ –नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार नौ सय ६० दशमलब १४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि यो साताको पहिलो दिन आइतबार नेप्से दुई हजार नौ सय १९ दशमलब २३ विन्दुमा पुगेको थियो ।
नेप्सेका अनुसार आज शेयर बजार ५३.४४ अंकले बढेको छ भने १६ अर्ब ९५ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ६ वटा समूह बाहेक अन्य समूह बढेका छन् भने अधिकांश कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
त्यस्तै, मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस सस्थाको शेयरमूल्य आज २.८५ प्रतिशतले घटेको छ । त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यसको एक अर्ब ६ करोड २३ लाख १२ हजारको कोरोबार भएको छ ।
FACEBOOK COMMENTS