काठमाडौं, । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुको बैठक केही बेरमा बस्दै छ । आजको बैठकले जारी निषेधाज्ञाको बारेमा मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने छ । अहिले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय जानु भएको र ११ बजेतिर उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंकि सूचना अधिकारी कल्पना घिमिरे नेपालले बताइन् ।
जारी निषेधाज्ञा एक हप्ता थप हुँने र अन्य केही क्षेत्र खुकुलो बनाइने भएको छ । हिजो बसको बैठकले सार्वजनिक गाडी चलाउन दिने वा नदिने भन्ने विषयमा निश्कर्षमा पुग्न नसकेकोले आज पूनः वैठक बसेर सार्वजनिक यातायात विषयमा पनि निर्णय गर्ने छ ।
FACEBOOK COMMENTS