काठमाडौं । बिगमार्टमा सामान खरिद गर्दा एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले २५ प्रतिशतसम्म छूट पाउने भएका छन् ।
बैंकको ई–एनएमबी मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारको दिन फलफूल तथा तरकारी समान खरिद गर्दा २५ प्रतिशत वा तीनसय सम्मको छुट पाउने बैंकले जनाएको छ ।
बैंकले हाल देशभर १८१ वटा शाखा, १३७ वटा एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।
FACEBOOK COMMENTS