भाद्र २६, काठमाडौँ — एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ ।
शनिबार बसेको स्थायी कमिटी बैठकले दस्तावेज तयारी लगायत काम नसकिएकाले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको छ ।
उक्त विधान महाधिवेशन काठमाडौंमा बस्ने भएको छ । त्यसको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी बैठक बस्ने छ । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनहरु प्रस्तुत हुनेछन् ।
स्थायी समितिमा ती प्रतिवेदनमाथि छलफल गरी प्राप्त सुझावहरुलाई असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुने छ । केन्द्रीय कमिटी बैठकमा छलफल गरी ती दस्तावेजहरु विधान महाधिवेशनमा पेस गरिने सचिव योगेश भट्टराईले जानकारी दिए ।
FACEBOOK COMMENTS