असोज ९, काठमाडौँ । गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट विभिन्न ५ वटा बैंकहरुले लाभांश प्रस्वाव गरेका छन् । लाभांश प्रस्वाव गर्नेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सिटिजन्स बैंक, कामना सेवा विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।
१. नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
२. सिटिजन्स बैंक
सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
३. कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
४. सानिमा बैंक
सानिमा बैंकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
५. माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आर्थिक बर्ष २०७७/७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चूक्तापूँजीको १४ प्रतिशत (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांशअ न्तर्गत बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश ९कर प्रयोजनको लागि० नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS