काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने भएको हो । असोज १५ गते बसेको संचालक समितिको बैठकले आव २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस र ७.३६ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारणसभाबाट पारित भए पश्चात लागू हुनेछ ।
FACEBOOK COMMENTS