काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार पनि दोहोरो अंकको उत्साहप्रद बृद्धि भएको छ । आज नेप्से ६८.४७ अंकले बढेर दुई हजार ६ सय ८१ दशमलब १० विन्दुमा पुगेको हो ।
त्यस्तै, आज नेप्से बढे पनि कारोबार रकममा भने उल्लेखनीय प्रगति देखिएको छैन । आज ४ अर्ब ५० करोड ६ लाख बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार दुई अर्ब मात्र कारोबार भएकोमा बुधबार भने बढेको छ। सोमबार ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास, नयाँ सारथी मिथिला लघुवित्त लगायत रहेका छन्।
FACEBOOK COMMENTS