काठमाडौं । काठमाडौं मेरियट होटेलले थाई परिकारको वास्तविक स्वाद अब राजधानी काठमाडौंमै अनुभव गराउने उद्देश्यसहित ’फ्लेभर्स अफ थाइल्यान्ड’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ ।
एडामामे रेस्टुरेन्टमा सुरु भएको यो ईभेन्ट जुन १५ देखि २५ तारिखसम्म हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । फेस्टिभलको पहिलो दिन सञ्चारकर्मी एवम् चर्चित कन्टेन्ट क्रिएटरहरू– किछी भ्लग्स, रोनित श्रेष्ठ, ब्लर डायट र फूडेलिसियसएनपीलाई आमन्त्रण गरी ’फ्लेभर्स अफ थाइल्यान्ड’ को विशेष अनुभव गराइएको थियो ।
यस फेस्टिभलको मुख्य आकर्षणका रूपमा सेफ ओन नामले परिचित मेरियट नर्थ पटायाका चर्चित सेफ नत्तावुद रुएङ्सामुत रहेका छन् । थाई, क्यान्टोनिज, इटालियन, फ्रेन्च, जापानीज तथा आधुनिक एसियन फ्युजन खानामा १९ वर्षभन्दा लामो अनुभव हासिल गरेका सेफ ओनले आफ्नो सिर्जनात्मकता र उत्कृष्ट कलिनरी मार्फत अतिथिहरूलाई गुणस्तरीय र प्रामाणिक स्वाद प्रदान गरिरहेका छन् ।

फेस्टिभलमा प्रस्तुत मेनुले थाई खानाको परिचित र लोकप्रिय स्वादलाई समेटेको छ । अतिथिहरूले सी फुड स्टार्टरदेखि रिच करी र सुगन्धित राइसका परिकारसम्म, विविध स्वादको अनुभव लिन सक्नेछन् ।

प्ला साल्मन, लब्सटर, टम यम र पाड क्रा पाओ जस्ता विशेष परिकारहरू ताजा हब्र्स र मसालाको प्रयोगबाट तयार गरिएका छन्, जसले थाई खानाको मौलिक स्वादलाई अझ जीवन्त बनाएको छ । यी परिकारसँगै थाई शैलीबाट प्रेरित विशेष ड्रिंक्सहरू सायम गार्डेन, फुकेट स्पाइस म्युल र थाई टी बोबा क्लाउड पनि उपलब्ध छन्, जसले सम्पूर्ण अनुभवलाई अझ विशेष बनाउनेछन् ।

यस विशेष फुड फेस्टिभलको एयरलाइन पार्टनरका रूपमा “स्मुथ अस सिल्क (क्mययतज बक क्ष्पि)” स्लोगानका लागि परिचित थाई एअरवेज रहेको छ, जसले थाई अनुभवलाई अझ प्रामाणिक बनाएको छ ।


“फ्लेभर्स अफ थाइल्यान्ड”ले थाइल्यान्डको जीवन्त सडक संस्कृति र समृद्ध कलिनरी परम्परालाई काठमाडौंमै ल्याउने प्रयास गरेको छ । ताजा सामग्री, सशक्त मसला र परम्परागत पाक विधिको संयोजन मार्फत प्रत्येक परिकारले थाई खानाको आफ्नै कथा प्रस्तुत गर्दछन् ।
काठमाडौं मेरियट होटलले सम्पूर्ण पाहुनाहरूलाई सीमित अवधिका लागि आयोजना गरिएको यस विशेष कलिनरी यात्रामा सहभागी भई थाइल्याण्डको मौलिक स्वाद अनुभव गर्न हार्दिक आमन्त्रण गर्ने जनाएको छ ।