काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके, सह–संयोजक सौरव दास तथा आशुतोष रांका प्रहरी हिरासतबाट रिहा भएका छन्।
’लाइभ ल’ को रिपोर्ट अनुसार, सीजेपीका यी तीनै जना शीर्ष नेताहरूलाई कार्यकारी मजिस्ट्रेटसमक्ष पेस गरिएपछि उनीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको हो। तीनै जना नेताका वकिल सौतिक बनर्जीले यसको पुष्टि गर्दै उनीहरू हिरासतबाट बाहिर आएको बताएका छन्।
दिल्ली प्रहरीले दीपकेसहित यी नेताहरूलाई अक्टोबर १० मा दिल्ली विमानस्थलबाट विमानभित्रैबाट नियन्त्रणमा लिएको थियो। उनीहरूलाई पक्राउ गरिएपछि सीजेपीले लगातार रिहाइको माग गर्दै आएको थियो।
यसैबीच, यही प्रकरणमा नियन्त्रणमा लिइएका चर्चित युट्युबर ध्रुव राठीलाई भने प्रहरीले यसअघि नै हिरासतबाट छाडिसकेको थियो।